करोडौंको घोटालामा सरकार बेखवर ! आवाज उठाउँदा ज्यान मार्ने धम्की

२ जेष्ठ २०७६, बिहीबार १६:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २ जेष्ठ । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला हुँदा पनि सरकार बेखबर भएको आरोप लगाएको छ । घोटालाको प्रमाण ल्याउँदा समेत सरकारले छानबिन नगरेको संघको दुखेसो छ ।

संघले बिहीबार रिपोर्टर्स क्लब पत्रकार सम्मेलन गरी संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर सम्बन्धित निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश व्यक्त गरिन् ।

आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको उनको गुनासो छ । आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको उनको भनाई छ । जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्ने संघको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार