वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिपमा नेपाल पाँचौ स्थानमा

२ जेष्ठ २०७६, बिहीबार १३:३६ मा प्रकाशित

काठमाडौँ, २ जेष्ठ । अष्ट्रेलियामा जारी १८औंँ वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट विधामा नेपाल पाँचौ भएको छ । च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रिन्टमा पुरुष खुलातर्फ नेपाली टोली पाँचौ भएको हो । यस विधामा ब्राजिल पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ ।

क्वीन्सल्यान्डको टुली नदीमा निर्धारित दूरी नेपाली टोलीले २४७.७८ सेकेन्डमा पूरा गर्यो । विश्व र्याफ्टिङको स्प्रीन्टमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन् भने कप्तानमा सुरज गुरुङ छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति