हायात होटेलको कारोबार रोक्का, नेप्सेले सोध्यो २४ घण्टे स्पष्टीकरण

२ जेष्ठ २०७६, बिहीबार १०:५७ मा प्रकाशित

काठमाडौँ, २ जेष्ठ । तारागाउँ रिजेन्सी होटेलले धितोपत्र बोर्डलाई चुनौती दिदै साधारणसभा आह्वान गरेपछि नेप्सेले स्पष्टिकरण सोधेको छ । कम्पनीले जेठ २४ गते साधारणसभा डाकेको हो । जसका लागि कम्पनीले जेठ ३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

धितोपत्र सूचीकरण नियमावली अनुसार साधारणसभा हुनु भन्दा कम्तिममा ७ दिन अगाडी बुक क्लोजको मिति जानकारी दिनु पर्ने प्रावधान छ । तर कम्पनीले २ दिन अगाडी मात्र सूचना निकालेर बुक क्लोजको जानकारी गराएको हो । कम्पनीले जेठ ३ गते बुक क्लोज गर्ने निर्णय जेठ १ गते दिएको हो । जेठ ३ गते बुक क्लोज गर्दा कम्तिमा ७ दिन अगाडी अर्थात् बैशाख २७ मै सूचना दिनु पर्थ्यो ।

कम्पनीले नियम अनुसार बुक क्लोजको मितिको जानकारी नदिएपछि नेप्सेले कम्पनी २४ घन्टे स्पष्टीकरण सोधेको छ । साथै नेप्सेले कम्पनीको कारोबार समेत रोक्का गरेको छ ।

साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट १२।६३१ प्रतिशतले हुन् आउने २३ करोड ८३ लाख १४ हजार १ सय ८९ रुपैयाँ ४७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८८ करोड ६६ लाख रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको