भियतनाम र कम्बोडिया भ्रमण उपलब्धीमुलकः प्रधानमन्त्री ओली

२ जेष्ठ २०७६, बिहीबार ०८:१४ मा प्रकाशित

काठमाडौं, २ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियाको भ्रमण सफल भएको बताएका छन् । साताव्यापी भ्रमण सकेर बुधबार स्वदेश फर्केपछि त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गदै प्रधानमन्त्री ओलीले भ्रमण उपलब्धिमूलक भएको बताएका हुन् ।

प्रधानमन्त्रीको ओलीले प्रेस विज्ञप्ती जारी गर्दै भियतनामको हनोइमा प्रधानमन्त्री फुकसँग नेपाल र भियतनामबीच परम्परागत रुपमा रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सहमति भएको बताएका छन् । विज्ञप्तीमा जनाइए अनुसार कूटनीतिक राहदानी र सरकारी राहदानी वाहकहरूलाई भिसा छुट गर्ने, परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय संयन्त्र स्थापना गर्नेर नेपाल र भियतनामबीच व्यापार तथा लगानी सम्झौता गर्ने सम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा कम्बोडियाका समकक्षी प्रधानमन्त्री हुनसेनसँग प्रतिनिधिमण्डल तहमा द्विपक्षीय वार्ता भएको छ ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण

काठमाडौँ । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी