श्रीमतीलाई एसिड प्रहार गरेका भुजेलको बयानः सँगै बस्न नमानेपछि रिस उठ्यो

२ जेष्ठ २०७६, बिहीबार ०७:३७ मा प्रकाशित

काठमाडौँ, २ जेष्ठ । काठमाडौँका कालोपुलमा बुधबार राति श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका बिष्णु भुजेलले अपराध स्वीकार गरेका छन। श्रीमतीसंगै बस्न नमानेपछि रिसमा एसिड प्रहार गरेको भुजेलले बयानमा बताएका छन।

मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको बयानमा खुल्न आएको छ । उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन् ।

आफुले जति फकाउदा पनि श्रीमती संगै बस्न नमानेपछि अरुसंग सम्बन्ध भएको आशंकामा एसिड प्रहार गरेको भुजेलले बयानमा बताएका छन् ।

एसिड प्रहार भएको केहि समय पश्चात नै भुजेल काँडाघारीको भट्टी पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन । एसिड प्रहारबाट घाइते भएकी जेनी खड्‍कालाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ । उनलाई उपचारका लागि तत्काल चाबहीलस्थित ओम अस्पताल लगिएको थियो । युवतीको अनुहार र शरीरको केही भाग जलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार