सुडानमा सेना र विपक्षीबीच सहमति

१ जेष्ठ २०७६, बुधबार २२:१२ मा प्रकाशित

खार्तुम, १ जेठ (एएफपी) – सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ । विपक्षीहरुले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्र सहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन् ।
सुडानमा विगत २० वर्षदेखि जनरल ओमार अल–बासिरको नेतृत्वमा सैनिक शासन कायम थियो । तर सेनाले बसिरलाई पदच्यूत गरी आफैंले राष्ट्रिय सैनिक परिषद गठन गरी सरकार सञ्चालन गरिरहेका छन् ।
दुबै पक्षबीच अघिल्लो साता सुडानको भावी शासन प्रणालीका बारेमा छलफल भएको थियो तर एक जना सैनिकको हत्या भएपछि भडकिएको हिंसाका कारण अरु पाँच जना प्रदर्शनकारीको पनि मृत्यु भएको छ । साथै वार्तामा पनि गतिरोध आएको थियो ।
करिब १२ घण्टाको वार्तापछि दुबै पक्षले सङ्क्रमणकालीन तीन वर्षे अवधिभित्रै सेनाले नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको घोषणा गरेका छन् ।
सैनिक परिषदका एक सदस्य जनरल यासेर अल–आताले तीन वर्षको सङ्क्रमणकालीन अवधि रहने गरी दुबै पक्षबीच सहमति भएको जानकारी दिनुभयो । जनरल आताले शक्ति बाँडफाँडको विषय सहित आगामी सरकार गठन गर्ने बारे एक दुईदिनभित्रै विपक्षी गठबन्धन एलायन्स फर फ्रिडम एन्ड चेन्जसँग सम्झौता हुने बताउनुभयो ।
प्रदर्शनमा सहभागी मोहमद अब्दुल्लाहले दुबै पक्षबीच मध्यस्थता भएकामा खुशी व्यक्त गर्नुभयो । तर उहाँले सैनिक परिषदसँगको सम्झौतालाई कसरी विश्वास गर्ने भन्दै अझै पनि नागरिक तहबाट खबरदारीको आवश्यकता रहेकामा जोड दिनुभयो ।
सैनिक परिषदले आगामी छ महिनाभित्र सुडानका युद्धग्रस्त क्षेत्रहरु जस्तै डार्फर, ब्लु नाइल र साउथ कर्डोफानमा सक्रिय विद्रोहीसँग शान्ति सम्झौता गर्ने तयारी पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम

वासिङटन ।आइतबार संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन्। उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल

अष्ट्रेलिया । अष्ट्रेलियाका स्थायी वासिन्दा र नागरिकले विदेशमा रहेका आफ्ना अभिभावकहरुलाई अष्ट्रेलिया भ्रमणका लागि ल्याउन पाउने भएका छन । कोरोना

न्युयोर्क । कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई

आजको प्रमुख समाचार