प्रधानमन्त्री रोजगार: बजेट आयो काम छैन !

१ जेष्ठ २०७६, बुधबार १८:३१ मा प्रकाशित

नुवाकोट, १ जेष्ठ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लागू गर्नेबारे रोजगार संयोजकहरु नै अन्यौलमा परेका छन् । सूचिकृत भएका वेरोजगारलाई रोजगार प्रदान गर्न सरकारले प्रत्येक स्थानीय तहलाई बजेट पठाईसकेको छ । तर रोजगार प्रदान गर्नेबारे भने रोजगार संयोजकहरु नै अन्योलमा छन् ।

सरकारले वेरोजगार संख्या सूचिकृत भए अनुरुप न्यूनतम ५ देखि १ करोडसम्मको अनुदान स्थानीय तहलाई प्रदान गरेको छ । प्राप्त अनुदानलाई रोजगारीमा परिणत गर्न भने रोजगार संयोजकलाई धौ धौ परेको छ । कतिपय रोजगार संयोजक अझै पनि रोजगारदाता समक्ष पुग्न सकेका छैनन् । सरकारी तथा निजि क्षेत्रबाट सञ्चालित आयोजना समक्ष पुगेर रोजगारीको पहल गर्न सकेका छैनन् । यसैवर्ष रोजगारी दिन सरकारले बजेट पठाईदिँदा झन अन्यौलता बढेको नुवाकोटको बेलकोटगढी नगरपालिकाका रोजगार संयोजक सन्तोष लामिछाने बताउँछन् ।

आफ्नो कार्य क्षेत्रमा सरकारी तथा निजी आयोजनासँग समन्वयनको वातावरण बनिनसकेको उनको भनाई छ । यसले गर्दा नगरपालिकामा सूचिकृत हुन आएका १५९२ (अन्तिम डाटा आउन बाँकी) जनालाई कसरी रोजगारी प्रदान गर्ने भन्नेबारे रनभुल्लमा परेको उनको गुनासो छ । बेलकोटगढी नगरपालिकाका लागी २५ लाख अनुदान प्राप्त भएको छ । तर तत्काल प्रदान गर्ने रोजगारी नै नभएको उनको भनाई छ ।

नुवाकोटकै विदुर नगरपालिकामा तत्काल १५ जनालाई प्रदान गर्ने रोजगारी छ । तर सूचिकृत भएका वेरोजगार भने ३५ सयको संख्यामा छन । सरकारले विदुर नगरपालिकाको लागी ३७ लाख बजेट उपलब्ध गराएको रोजगार संयोजक विष्णुराज भण्डारीको भनाई छ । उनका अनुसार विदुर नगरपालिकाको बजार क्षेत्र र उद्यान सरसफाईमा १५ जनाले रोजगार पाउने पक्का भएको छ । नगरपालिकाले अन्य आयोजनासँग समन्वयन गर्ने भनिएतापनि अहिलेसम्म भैनसकेको उनी बताउँछन् । उनका अनुसार, सरकारले प्रदान गरेको अनुदानलाई रोजगारीमा परिणत गर्न तत्कालको लागी गाह्रो परेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ लाखलाई रोजगारी प्रदान गर्न बजेट छुट्याइएको थियो । सोहि अनुरुप २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रकम स्थानिय तहहरुमा पठाईसकेको छ । प्रत्येक स्थानियलाई प्रदान गरेको रकमबाट सूचिकृत वेरोजगारलाई ३० दिन बराबरको रोजगार प्रदान गर्ने भएका हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३