गृहमन्त्री थापा र अमेरिकी विदेश मन्त्रालयका उपसहायकमन्त्री रेञ्जबीच भेटवार्ता

१ जेष्ठ २०७६, बुधबार १६:५४ मा प्रकाशित

काठमाडौँ, १ जेष्ठ । गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच भेटवार्ता भएको छ । उक्त भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको बताईएको छ ।

नेपालको विकास, विपद् व्यवस्थापन, निर्माण लगायत क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति गृहमन्त्री थापाले अमेरिकालाई धन्यवाद व्यक्त गरे । गृहमन्त्री थापाले नेपालको राजनीतिक स्थिरतासँगै आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै अमेरिकी सरकारको सहयोगका लागि उपसहायक मन्त्री रेञ्जसँग आग्रह गरेका छन् ।

भेटमा उपसहायकमन्त्री रेञ्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाइमा लैजान आवश्यक रहेको बताए । उनले अमेरिकी स्वयमसेवी समूह ‘पिसकोर’को प्रवेशाज्ञाको समयावधि थप गर्ने बारे विचार राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले