‘योजनाबद्ध नेतृत्व निर्माणमा नलागे पार्टी एकता टिक्दैन’

१ जेष्ठ २०७६, बुधबार १५:३३ मा प्रकाशित

काठमाडौँ, १ जेष्ठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्पष्ट विचार नभए पार्टी एकता नटिक्ने चेतावनी दिएका छन् । युवासंघको स्थापना दिवसका अवसरका काठमाडौमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता प्रकृया टुङिगन लागेको अवस्थामा योजनाबद्ध नेतृत्व निर्माणमा नलागे एकता नटिक्ने चेतावनी दिएका दिएका हुन् ।

विचार, संगठन र नेतृत्वका प्रश्नमा बहस नै नभएको भन्दै उनले नेतृत्वको आलोचना समेत गरे । पोखरलले पार्टीमा छलफल नै नहुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै ‘सोलोढोलो प्रकृयाबाट पार्टी चल्दैन, दुर्भाग्य हुनेछ’ भने । पार्टी ठुलो भएपनि मिसन पुरा गर्न नसकिने खतरा रहेको भन्दै नेता पोखरेलले युवा पुस्तालाई हस्तक्षेप गर्न सुझाव समेत दिए ।

‘अबको पार्टी विचारमा सुस्पष्ट बन्न सक्नुपर्छ । अस्पष्टता रह्यो भने एकताको खुशीयाली मनाउँदै गर्दा निणार्यक जीत हासिल गर्न नसकिने अवस्था आउँन सक्छ । संसारका कम्युनिष्टहरु पुँजीवादीहरुले गोली नहानी ताजमहल ढलेझै ढलेको इतिहास छ । नेतृत्वले सोच्न जरुरी छ । दूर्भाग्य भोग्नु नपरोस्’ पोखरेलले असन्तुष्टि जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला