सरकारले खालेको विकासको ढोकामा खिया लाग्योः मन्त्री यादव

१ जेष्ठ २०७६, बुधबार १४:५० मा प्रकाशित

काठमाडौँ, १ जेष्ठ । उद्योगन्त्री मातृका प्रसाद यादवले मुलुकमा भ्रष्टाचार मौलाएको स्वीकार गरेका छन् । बुधबार उद्योग विभागमा एकल विन्दु सेवाको उद्घाटन गर्दै मन्त्री यादवले पहिले टेबल मुनी हुने सेटलमेन्ट अहिले परिवर्तन भएर कार्यालय हुने गरेको खुलासा गरे ।

‘मुलुकमा भ्रष्टाचारमा कुनै परिवर्तन भएको छैन’ मन्त्री यादवले भने, ‘कर्मचारीमा शासक होइनौ, सेवक हौं भन्ने भावना जागृत नभएसम्म भ्रटाचार कम हुन सक्दैन ।’

‘प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार सहन्न र भ्रष्टाचारीको मुख हेर्दिन भन्नुहुन्छ, मन्त्री यादवले भने ‘प्रधानमन्त्रीले त्यसो भन्ने तर काम गर्नेले आफुलाई परिवर्तन नगर्ने हो भने मुलुक अगाडी बढ्दैन ।’ उनले भने ‘अहिले सरकारले विकासको लागि ढोका खोलेको छ तर त्यसमा खिया लागिरहेको छ । त्यो खिया सरकारले हटाउने प्रयास गरिरहेको छ ।’

सरकारले लगानीकर्ताको सहजीकरणको लागि एक विन्दु सेवा केन्द्र सुरु गरेको भन्दै अब फाइहरुको चाङ लागेर नबस्ने र एकदुई दिनमा नै काम पुरा हुनेमा विश्वस्त हुन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत