एकल बिन्दु सेवा सुरु, १४ निकायका काम एकै ठाउँबाट

१ जेष्ठ २०७६, बुधबार १२:१६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १ जेष्ठ । बैदेशिक लगानीलाई आकर्षित गर्न सरकारले एकल बिन्दु सेवा केन्द्र संचालनमा ल्याएको छ । केन्द्रको बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादवले शुभारम्भ गरेका हुन् ।

केन्द्रमा उद्योग दर्ता, प्रवेशाज्ञा लगायत विभिन्न आठ प्रकारका सेवा एकै स्थानबाट उपलब्ध हुने छ । केन्द्रमा ९ वटा इकाई मार्फत विभिन्न १४ वटा निकायको काम हुने भएको हो । गत चैत १५ र १६ गते काठमाडौँमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुसार नै केन्द्र सञ्चालनमा आएको हो ।

एकल बिन्दु सेवा केन्द्रले औद्योगिक व्यवसाय ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम उद्योग वा लगानीकर्ताले पाउने सेवा, छुट, सुविधा, सहुलियत वा प्रोत्साहन सरल एवं सहज प्रक्रियाबाट उपलब्ध गराउने छ ।

त्यस्तै सरकारका विभिन्न निकायबाट सम्पादन गर्ने कार्यहरु समयभित्रै एकै स्थलबाट गर्ने तथा उद्योग स्थापनाको अनुमती, दर्ता, विस्तारदेखि निर्गमन (एक्जिट) सम्मका उद्योग प्रशासन सम्बन्धी सेवा केन्द्रबाट प्रवाह गरिनेछ । केन्द्रमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, प्रवेशाज्ञा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून एकाइ रहने छन् । केन्द्रमा सहसचिव सरहका एक प्रमुख कार्यकारीसहित ४१ दरबन्दी रहेको छ ।

१०० मेगावाट भन्दा बढीका जलविद्युत आयोजना र ९ अर्ब भन्दा बढीका योजनाको स्वीकृति सिधै केन्द्रबाट गर्न सकिने छ । सो भन्दा बढी लगानीको लागि स्वीकृति भने लगानी बोर्डबाट लिनु पर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१