पोखरामा पर्वतीय खेलकुद आयोजना हुने

१९ श्रावण २०६९, शुक्रबार ०८:२५ मा प्रकाशित


काठमाडौं, १९ साउन । पर्वतीय खेलकुद महासङ्घ, नेपालको आयोजनामा प्रथम पर्वतीय खेलकुद महोत्सव हुने भएको छ । आगामी फागुनमा हुने महोत्सवमा अटो स्पोर्टस्, रयाफ्टिङ एन्ड क्यानोइङ, ट्रायथलन, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्रसकन्ट्री रेस, गल्फ, इक्वेसट्रियन, पारा ग्लाइडिङ तथा साइक्लिङ गरी १० खेल समावेस गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले जनाएका छन् । सोसम्बन्धी निर्णय लिन बसेको बैठकले ‘फर नेचर एन्ड एडभेन्चर्स’लाई आफ्नो नाराको रूपमा पारित गरेको छ भने पर्वतीय खेलकुद महासङ्घ, नेपालकै लोगो तथा झण्डा पनि अनुमोदन गरेको छ । गत महिना स्थापित महासङ्घमा राखेपमा आबद्ध आठवटा साहसिक तथा पर्यटकीय खेल समावेश भएकोमा नेपाल गल्फ सङ्घलाई पनि समावेश गर्दै सो सङ्घका महासचिव टासी घलेलाई महासङ्घको उपाध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी, आगामी भदौ पहिलो साता काठमाडौंमा पर्वतीय खेलकुदसम्बन्धी राष्ट्रिय गोष्ठी, असोज १४ गते पोखरामा अन्तरक्रिया तथा यसै महिनामा काठमाडौंमा प्राविधिकहरूको अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय पर्वतीय खेलकुदको गन्तव्यको रूपमा विकसित गर्ने उद्देश्यसहित विभिन्न प्रचारात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै पोखरालाई नेपालको पर्वतीय खेलकुदको केन्द्रीय हबका रूपमा विकास गर्ने निर्णय बैठकले गरेको छ । महासङ्घले आगामी दिनमा सञ्चालन गर्ने विविध खेलकुदका विजयीलाई वितरण गर्ने पदकको नामकरण राष्ट्रिय गौरव, पर्वतीय, साहसिक र पर्यटन क्षेत्रसंग सम्बन्धित हुनेगरी तयार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।