बिहीबार काठमाडौंमा नेपाल–भारत फ्रेन्चाइज एस्क्पो

३१ बैशाख २०७६, मंगलवार १९:०७ मा प्रकाशित

काठमाडौँ, ३१ बैशाख । बिहीबार काठमाडौंमा नेपाल–भारत फ्रेन्चाइज एस्क्पो हुने भएको छ । नेपाल उद्योग वाण्ज्यि महासंघ र भारतीय राजदूतावासको सहकार्यमा एक्स्पो आयोजना हुनलागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। एक्स्पोमा नेपाल र भारतका ६० वटा ब्राण्डहरु सहभागी हुनेछन् ।

एक्स्पोमा रिटेल कम्पनी, शिक्षा क्षेत्र, फिटनेस, फेसन, खाना तथा बेभरेज, रियल इस्टेट, टेक्नोलोजीलगायतको सहभागिता हुनेछ ।भारतीय ब्राण्डहरुको समन्वय फ्रेन्चाइज इण्डिया नामक कम्पनीले गरेको छ । भारततर्फबाट नाइन किड्स, अमेरिकन स्कुल बेस्ट सेलर, वाइक स्टुडियो, बम्वे डाइङ, क्याप, चाय गरम, कपर चिम्नी, यूकिलन लगायत कम्पनीको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै नेपालबाट अग्नि ग्रुप, टिबडेवाला ग्रुप, मेरो घर, सिटीहोम्स, सांग्रिला, हिमालयन जाभा, गोल्ड स्टार, अल्पाइन पश्मिना, सभानेपाल र श्री जयकाली जडीबुटीलगायतको सहभागिता हुने संघले जनाएको छ ।

उक्त एक्स्पोको तयारीको लागि भोलि अर्थात् बुधबार विभिन्न कम्पनीहरुसँग अन्तक्र्रिया कार्यक्रम समेत गरिने संघले बताएको छ। बुधबार नेपालमा व्यवसाय र उद्यमशीलता विकासका लागि नयाँ मार्गचित्र प्रस्तुत गरिनेछ भने नेपाललाई केले विशाल व्यावसायिक गन्तव्य बनाउन सक्छ भन्नेबारे अन्तर्क्रिया गरिनेछ ।

त्यस्तै खुद्रा व्यवसायमा व्यावसयिक अवसरहरुलगायतका विषयहरुमा रहेका अनुभवहरुको आदानप्रदान गर्ने कार्यक्रम रहेको उद्योग वणिजय महासंघकी अध्यक्ष भवानी राणाले जानकारी गराइन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ । यो एक्स्पोमा २ सय ५० जना लगानीकर्ताको सहभागिता हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१