‘पर्यटन शुल्क बढाएर सरकारले आत्मघाती निर्णय गर्यो’

३१ बैशाख २०७६, मंगलवार १७:५८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३१ बैशाख । सरकारले नेपाल आउने पर्यटकको भिसा शुल्क वृद्धि गरेको छ । वैशाख २६ गते मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दा १५ दिन नेपाल बस्ने पर्यटकले भिसा शुल्क वापत ३० डलर तिर्नुपर्ने भएको छ । यसअघि २५ डलर कायम रहेको शुल्क बढेको हो ।

३० दिन नेपाल बसाईको भिसा शुल्क पर्यटकले ५० डलर तिर्नुपर्ने भएको छ । यस ३० दिनको लागि ४० डलर कायम थियो । यसअघि सय डलरमा ९० दिन नेपाल बसाईको भिसा पाउँदै आएका पर्यटकले अब ९० दिन बसाइका लागि १ सय २५ डलर तिर्नुपर्ने भएको छ । पर्यटकको म्याद थपमा पनि प्रतिदिनको एक डलर बढाएर तीन डलर पुर्याईएको छ ।

सरकारले पर्यटकका लागि भिसा शुल्क बढाएपछि व्यवसायी भने अन्यौलनमा देखिएका छन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमणका रुपमा मनाउने घोषणा गरेको सरकारले भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन शुल्क बढाउनु भ्रमण वर्ष असफल बनाउने नियत भएको व्यवसायीको बुझाई छ । पवित्र भावनाले सरकारले काम नगरेको उनीहरुको आरोप छ ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सी.एन. पाण्डेले सरकार पर्यटन एदोगप्रति संवेदनशील नभएको बताए । २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर भ्रमण वर्ष मनाउने भनिरहेका बेला पर्यटकलाई छुट र अफर दिनुपर्नेमा उल्टै भिसा शुल्क बढाउनु गलत कदम भएको उनको भनाई छ ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले भिसा शुल्क बढाउने निर्णय गरेर सरकारले आफ्नै गोडामा बञ्चरो प्रहार गरेको प्रतिक्रिया दिएका छन् । ‘पर्यटन क्षेत्रको हित नचाहनेहरुको सुझावलाई लिएर सरकारले यो काम गरिरहेको छ,’ दाहालले भने, ‘प्रधानमन्त्री र पर्यटन सचिव स्वदेश फकैपछि हामी पर्यटनसम्वद्ध व्यवसायी साथीहरु मिलेर डेलिगेसनमा जान्छौं ।’

व्यवसायीहरुले भ्रमण वर्षभरि भिसा शुल्क घटाउने वा निःशुल्क गराउन माग गरिरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको