मिडिया काउन्सिल विधेयक सच्याउन माग गर्दै महासंघले बुझायो ज्ञापनपत्र

३१ बैशाख २०७६, मंगलवार १६:४५ मा प्रकाशित

काठमाडौँ, ३१ बैशाख । नेपाल पत्रकार महासघले मिडिया काउन्सिल विधेयकलाई प्रेस मैत्री बनाउनका लागि पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । महासंघले पत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीलाई ज्ञापनपत्र बुझाएको हो ।

सरकारले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस स्वतन्त्रतामा असहज अवस्था ल्याउन सक्ने सम्भावना औँल्याउँदै महासंघले उक्त विधेयकलाई प्रेसमैत्री बनाउन सभापति विडारीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै सत्य तथ्यको खोजि गर्ने पत्रकारलाई विना कारण कारवाहीको भागि हुने त्यस्तो कुनै ब्यवस्था आउन लागेको भएमा आफुले त्यसलाई संशोधनको लागि पहल गर्न आश्वसन दिए । संविधिाले नै राजनितिक पाटी र मिडियाको दर्ता खारेजीको ब्यवस्था नदिएको भन्दै मिडियालई ब्यवस्थित गर्ने उदेश्यले ऐन आउन लागेको उनको भनाई थियो । यदि ऐनमा प्रेस स्वतन्त्रता माथि हस्तक्षेप हुने कुनै त्यस्तो बुँदा रहेको भए त्यसलाई संशोधनको लागि आफु पहल गर्न तयार रहेको बताएका थिए ।

महासंघले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको लागि भन्दै विभिन्न संर्घसका कार्यक्रम घोषण गरेको थियो । सोही कार्यक्रम अनुसार महासंघले बैंशाख २९ गते हासंघका पूर्व पदाधिकारी, संचार माध्यका समपादक, कानुनवीद र विज्ञ सँग छलफल गरेको थियो । ३० गते सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको महासंघले आज प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीलाई ज्ञापनपत्र बुझाएको छ ।

त्यस्तै जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने तथा सरोकारवालासँग छलफल गर्ने र जेठ २ गते काठमाडौंमा संसद बाहिर र काडमाण्डौं बाहिर जिल्ला सदरमुकाममा सञ्चार साधन सहित प्रदर्शन गर्ने घोषण गरेको थियो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका उपाध्यक्ष दिलिप थापामगर, महासचिव रमेश विष्ट लगायत सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१