एन्फाको बैठक उपाध्यक्षद्धारै बहिष्कार

३१ बैशाख २०७६, मंगलवार १६:३६ मा प्रकाशित

काठमाडौँ, ३१ बैशाख । अखिल नेपाल फुटबल संघ एन्फाले पारित गरेको नयाँ विधान वैधानिक नभएको भन्दै उपाध्यक्षसहित दुई केन्द्रीय सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका छन् ।

साउन २९ गते चितवनको विशेष साधारण सभाबाट परिमार्जन गरी पारित गरिएको विधान वैधानिक नभएको भन्दै उपाध्यक्ष वीरबहादुर खड्का र केन्द्रीय सदस्य द्धय पुर्णमान चित्रकार र रत्नकुमार श्रेष्ठले बैठक बहिष्कार गरेका हुन् ।

मंगलबारको बैठकमा उपाध्यक्ष खड्काले लामोसमय बित्दा पनि विधानमा राष्ट्रिय खेलकुद परिषद्‍को छाप नरहेकाले वैधानिक विधान उपलब्ध गराउन माग गर्दै बैठक बहिस्कार गरेका हुन् । नयाँ विधान अनुसार कार्यसमितीको निर्णय १५ दिनभित्र उपलब्ध गराउने भनिएपनि त्यसो नभएको उपाध्यक्ष खड्काको भनाई छ ।

एन्फाका चार उपाध्यक्षमध्ये एक जनालाई बरिष्ठ उपाध्यक्ष चयनको विषयमा छलफल गर्न बोलाईएको बैठक खड्काले बहिष्कार गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति