कांग्रेसले भन्यो, ‘प्रेस स्वतन्त्रता विरोधि विधेयक फिर्ता गर’

३१ बैशाख २०७६, मंगलवार १३:५६ मा प्रकाशित

काठमाडौं, ३१ बैशाख । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक ल्याएको भन्दै आपत्ती जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभुति गर्छु भन्ने सरकारले विधेयक ल्याउँदा मौलिक अधिकारलाई कुण्ठित गरेको बताए ।

संविधानको प्रावधान विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको आरोप लगाए । संविधानको धारा १७ को १ क मा विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र संचारको हक पनि राखिएको उल्लेख गर्दे उनले सरकार सो प्रावधान विपरित गएको बताए । सरकारले ल्याएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र बैचारिक स्वतन्त्रता कुण्ठित पार्छ,’ उनले भने, ‘त्यसैले यो फर्काएर लैजानुहोस् भन्ने हाम्रो आग्रह छ ।’

मानवअधिकारको स्वायक्तता र स्वतन्त्रता खण्डित गर्ने खालको मानवअधिकार विधेयकलाई पनि फिर्ता लैजान उनले माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको