सबै कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सांसदको माग

३१ बैशाख २०७६, मंगलवार १३:२० मा प्रकाशित

काठमाडौँ, ३१ बैशाख । प्रतिनिधिसभाका सांसदहरुले सबै तहका सरकारी कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्न माग गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सबै कर्मचारीसँग अनिवार्य कार्य सम्पादन सम्झौता गर्नुपर्ने कानुनी व्यवस्था गर्न माग गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्री र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सबै तहका कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सांसद झाँक्रीले तल्लो तहका कर्मचारीलाई कार्य सम्पादन सम्झौता नगर्ने विधेयकको प्रावधानप्रति आपत्ति जनाइन् । उनले तल्लो तहमा कार्यरत मन्त्रालयकै कर्मचारीहरु आफ्नो कामप्रति जवाफदेही नभएको उल्लेख गर्दै उनीहरुलाई पनि कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरिन् ।

कांग्रेस सांसद बडूले सबै तहका कर्मचारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था हुनुपर्ने तर्क गरे ।

जवाफमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने बोझिलो हुने भएकाले तल्लो तहका कर्मचारीलाई कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था नगर्ने गरी विधेयक ल्याइएको बताए । उनले तल्लो तहका कर्मचारीले कार्य सम्पादन गरे–नगरेको माथिल्लो तहबाट निगरानी हुने भएकाले त्यसका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक नहुने मन्त्रालयको निष्कर्ष रहेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ