काठमाडौँबाट एकै रात सयबढी यौनकर्मी पक्राउ

३१ बैशाख २०७६, मंगलवार १३:१४ मा प्रकाशित

काठमाडौँ, ३१ बैशाख । काठमाडौंका विभिन्‍न स्थानबाट प्रहरीले ठुलो संख्यामा मानिसहरुलाई पक्राउ गरेको छ। सार्वजनिक स्थानमा बसेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख फेरिने बित्तिकै प्रहरीले सार्वजनिक स्थानमा मर्यादा कायम गराउने अभियान थालेको हो । परिसरमा एसएपी उत्तमकुमार सुवेदी प्रमुख भएका आएका छन् ।

परिसरका अनुसार सोमबार मध्यराति निस्किएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिलासहित एक सय ५१ जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीका अनुसार गोंगबु, रत्नपार्क र रणोदीप चोक लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले