यस्तो छ देउवाले संविधानसभा पुनस्र्थापनमा रुचि देखाउनुको रहश्य

१९ श्रावण २०६९, शुक्रबार ०७:४८ मा प्रकाशित

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले विभाग गठनको निर्णय सहमतिमा गरिएको भन्दै त्यसको बचाउ गर्नुभएको छ । पार्टीका अञ्चल संयोजक र विभागीय प्रमुख तोक्दा आफूसंग सल्लाह नगरिएको भन्दै वरिष्ठनेता शेरबहादुर देउवा खेमाले असन्तुष्टि जनाइरहेका बेला सभापति कोइरालाले लामो छलफलपछि निर्णयमा पुगिएको बताउनुभयो । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित जिल्ला सभापतिहरुको भेलामा सहभागीलाई बिहिबार आफ्नै निवासमा बोलाएर कोइरालाले निर्णय पालनामा देउवा खेमालाई राजी गराउन आग्रह गर्नुभएको हो ।
सहमतिमा निर्णय गर्न खोज्दा विभागहरु दुई बर्षसम्म गठन हुुन नसकेको तर्फ कोइरालाले जिल्ला सभापतिहरुलाई सचेत गराउनुभएको थियो । विभिन्न क्षेत्रअनुसार जिल्ला सभापतिहरुलाई भेटेका कोइरालाले राजनीतिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकोले त्यसतर्फ तयारी थाल्न निर्देशन दिनुभएको छ । जिल्लामा कांग्रेस प्रवेश गर्न चाहनेहरुको लाम लागेको भएपनि केन्द्रको झगडाका कारण संगठन सुदृढीकरणतर्फ लाग्न नसकिएकोतर्फ सभापतिको ध्यानाकर्षण गराइएको ओखलढुंगाका सभापति सुनुवारले जानकारी दिनुभयो ।
यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बाधा अड्काउ फुकाउने भन्दै राष्ट्रपतिलाई विवादमा तान्न नहुने बताउनुभएको छ । राजनीतिक दलहरु सहमतिमा नपुगेसम्म गतिरोध अन्त्य नहुने भएकाले अन्य निकायबाट समस्या समाधान गर्न खोज्नु उपयुक्त नहुने उहांको धारणा थियो । जिल्ला सभापतिहरुका लागि आफ्नो निवासमा आयोजित चियापान समारोहपछि संचारकर्मीहरुसंग कुरा गर्दै देउवाले संविधान निर्माण गर्न चार वर्ष खर्च भइसकेकोले संविधानसभाको अर्को निर्वाचन मुलुकले धान्न नसकिने तर्क गर्नुभयो । दलहरुबीच सहमति भए संविधान जारी गर्न केही समयका लागि संविधानसभा पुनस्र्थापन गर्न सकिने उहांको सुझाव थियो । संविधान संसोधन नभई चुनाव हुन नसक्ने र संविधान संसोधनका लागि पनि संविधानसभा पुनस्र्थापन गर्नुपर्ने उहांको भनाई थियो ।
यसरी संविधानसभा ब्युंताउने कुरालाई देउवाले विशेष जोड दिएको कुरालाई विश्लेषकहरुले भने भिन्नै अर्थ लगाएका छन् । संविधानसभा पुनस्र्थापनको पक्षमा लविङ गर्नेहरुमा कोइराला पक्षधर पूर्वसभासदहरु धेरै संख्यामा रहेका र उनीहरुलाई आफूतर्फ आकर्षित गर्न देउवाले पुनस्र्थापनको रट लगाएको विश्लेषकहरुको ठहर छ । स्मरण रहोस्, आफूनिकट पूर्वसभासदहरुको विशेष आग्रहका बावजुद सभापति कोइराला संविधानसभा पुनस्र्थापनको पक्षमा देखिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।