मिर्मिरे, नागबेली र किसान लघुवित्त एक हुँदै

३१ बैशाख २०७६, मंगलवार १३:०५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३१ बैशाख । तीन लघुवित्त कम्पनीबीच मर्जर सम्झौता भएको छ । मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त र किसान माइक्रोफाइनान्सले मंगलबार मर्जरको सम्झौता गरेका हुन् ।

मिर्मिरे लघुवित्तका सन्तोष फुयालको संयोजकत्वमा नागबेलीका संजय कुमार श्रेष्ठ र किसानका खिमाराज न्यौपाने सहितको तीन सदस्यीय मर्जर समितिबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । मर्जर पछि एकिकृत संस्थाको चुक्ता पूँजी ३८ करोड ६२ लाख ६३ हजार ६९० पुग्ने बताइएको छ ।

एकिकृत संस्थाको अध्यक्षमा टेक बहादुर बोहरा, प्रमुख कार्यकारी अधिकृतमा कुमार याक्सो तथा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बिर्ख बहादुर बोहरालाई दिईने भएको छ । मर्जर पछि संस्थाको नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ भने वित्तीय संस्थाको लोगो र कर्पोरेट कलर मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकै कायम गरिने समझदारी बनेको छ ।

एकिकृत संस्थाको केन्द्रीय कार्यालय तत्कालिन मर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा–८, काभे्रपलान्चोकमा रहनेछ । एकिकृत संस्थाले राष्ट्रियस्तरको लघुवित्तीय बन्ने लक्ष्य लिएको छ ।

लघुवित्तको संख्या धेरै भएको भन्दै राष्ट्र बैंकले फोर्सफुल्ली मर्जरको तयारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड