प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानून निर्माण गर्नुस् : साझा विवेकशील

३० बैशाख २०७६, सोमबार २२:४१ मा प्रकाशित

ललितपुर, ३० वैशाख ।साझा विवेकशील पार्टीले प्रस्तावित मिडिया काउन्सिल विधेयकका विषयमा उठेको प्रश्नका बारेमा सरोकारवाला पक्षसँग गहन छलफल गर्न सरकारलाई सुझाव दिएको छ ।

मिडिया काउन्सिल विधेयकका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक रवीन्द्र मिश्रले विधेयकमा परेका कतिपय प्रावधानले लोकतन्त्रको मर्ममा नै प्रहार गरेको बताउनुभयो ।

संसद्मा पेश गरिएको मिडिया काउन्सिल विधेयक अविलम्ब फिर्ता गरी सरोकारवालासँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानून निर्माण गर्न सरकारलाई सुझाव दिँदै उक्त पार्टीले मिडियाले पनि आफ्नो जिम्मेवारी बहन गर्नेतर्फ सजग रहन सल्लाह दिएको छ ।

सञ्चारजगत्लाई दण्ड दिने संस्था नभई अनुशासित र मर्यादित तुल्याउन प्रेरित गर्ने निकायका रुपमा काउन्सिललाई स्थापित गर्न विधेयकमा संशोधनको खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, “काउन्सिललाई मन्त्रालय मातहतको विभाग र महाशाखाका रुपमा होइन, स्वायत्त निकायका रुपमा राखिनुपर्दछ ।”

सरकार नियन्त्रित संस्थाले प्रेसलाई कारवाही गर्नु भनेको लोकतन्त्रको भावना र मर्म विपरीत हुन जान्छ भन्दै संयोजक मिश्रले सरोकारवालासँग छलफल नै नगरी ल्याइएको उक्त विधेयकले सरकार अनुदार लोकतन्त्रतर्फ उन्मुख भएको सङ्केत गर्दछ भन्नुभयो ।

मुलुकमा पछिल्लो समय प्रेसको सङ्ख्या वृद्धि भए पनि गुणस्तरमा सुधार आउन नसकेको बताउँदै संयोजक मिश्रले प्रेसको मर्यादा राख्ने काम पनि पत्रकारले गर्नुपर्दछ भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको पालिका चुनावको मतगणना आज (शुक्रबार) देखि शुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा