अमेरिकी करवृद्धिविरूद्ध प्रतिकार नगर्न ट्रम्पको आग्रह

३० बैशाख २०७६, सोमबार २२:३९ मा प्रकाशित

वासिङ्टन, ३० वैशाख (एएफपी)- चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ ।

वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि लगाइएको १० प्रतिशत कर वृद्धिलाई २५ प्रतिशतसम्म बढाउने निर्णयप्रति चीन तत्काल बदलामा उत्रिनुले दई देशबीचको सम्बन्धमा समस्या आउनसक्ने चेतावनी दिनुभएको हो ।

ट्रम्पले ट्वीटरमार्फत लेखेको एक सन्देशमा भनिएको छ, “चीनले कर वृद्धिको प्रतिकार गर्नु हुँदैन । यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने छ ।”

अमेरिका–चीनबीच भएको दुई दिन लामो व्यापार वार्तापछि अमेरिकाले गत शुक्रबार चिनियाँ सामानमाथि करवृद्धि गरेको थियो । करवृद्धिका वाबजुद चीन र अमेरिकाबीच व्यापारसम्बन्धमा गत बर्षदेखि देखिएको तनाब अन्त्य गर्न केही महिना यता वार्ता चलिरहेको छ र वार्ताले निरन्तरता पाउने दुबै पक्षले बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको