डोरिस डेको ९७ वर्षको उमेरमा निधन

३० बैशाख २०७६, सोमबार २२:३६ मा प्रकाशित

लस एन्जलस, ३० बैशाख (एएफपी) – प्रसिद्ध अमेरिकी कलाकार डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले स्थापना गरेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा क्यालिफोर्नियास्थित आफ्नै निवासमा डोरिसको निधन भएको हो ।
डोरिस डे एनिमल फाउन्डेसन स्थापना गरेकी डोरिसलाई पछिल्लो समय न्यूमोनियाको सङ्क्रमण देखिएको थियो । उनी जीवजन्तुको अधिकारका क्षेत्रमा पनि चर्चित थिइन् ।
आफ्नो करिअरको उच्च स्थितिमा रहँदा उनी हलिउडकी सर्वाधिक चर्चित नायिका थिइन् । उनले धेरैवटा प्रतिष्ठित पुरस्कार समेत जितेकी थिइन् ।
डोरिसले सन् १९४८ देखि १९६८ सम्म झण्डै ४० वटा फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव