कलंकी-नागढुंगा सडकको डीपीआरमै त्रुटि

३० बैशाख २०७६, सोमबार १९:१५ मा प्रकाशित

काठमाडौँ, ३० बैशाख । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकûखण्ड विस्तारको विस्तृत परियोजना प्रतिवेदनमा त्रुटि भेटिएको छ । आयोजना सुरु गर्दा नै लापरवाही भएको अध्ययनले देखाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनले यो सडक खण्डमा सरकारी तथा ठेकदारको तर्फबाट भएका कमजोरी बाहिर ल्याएको हो । कार्यालयको २०७५ सालको वार्षिक प्रतिवेदनमा पूर्वतयारी र योजनाबिना सडक भत्काएर काम थाल्दा ठूलो समस्या भएको उल्लेख छ ।

मुआब्जा सम्बन्धी झमेला आएपछि सरकारले विवादित क्षेत्रमा सडक विस्तार नगरी कालोपत्रे गर्दैछ । यसले गर्दा सडक कतै फराकिलो बनेको छ भने कतै घर भत्काउन नपाएपछि निकै साँघुरो छ । यसले गर्दा २२ मिटर फराकिलो बनाउने भन्दै थालिएको सडक बिस्तार निकै अस्तव्यस्त देखिएको छ ।

२२.४८ किलोमिटरको यो सडक-खण्डको विस्तारको काम सुरुदेखि नै समस्यामा रुमल्लिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदनअनुसार यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउँदा गम्भीर गल्तिहरु गरिएका छन् । डीपीआरमा ‘साइट क्लेयरेन्स’का लागि भत्काउनुपर्ने कुनै भौतिक संरचनाको विवरण नै छैन ।

यो सडक खण्ड आसपास बाक्लै घर/टहरा छन् । तर २२ मिटर फराकिलो बनाउँदा कति घर टहरा र अन्य संरचना भत्काउनपर्छ भन्ने विवरण डीपीआरमा भेटिँदैन ।

यस्तै खानेपानी, ढल, विजुली, टेलिफोन, जस्ता अन्य उपयोगी पूर्वाधारहरुको व्यवस्थापनका लागि लाग्ने खर्चलगायतका विषय पनि यसमा छैन । यसले वास्तविक अवस्थाको जानकारी लिन, वास्तविक लागत अनुमान गर्न र निर्माणको काम अघि बढाउन सुरुमै समस्या परेको सार्वजनिक खरिद अनुगमन कार्यालयको ठहर छ ।

आयोजनालाई किन ५ प्याकेजमा विभाजन गरेर ठेक्का गर्नुपर्ने हो भन्ने विषय पनि स्पष्ट रुपमा डीपीआरमा उल्लेख छैन । सडकको ‘साइट क्लेयरेन्स’का लागि कुन सरकारी निकायले के(के काम कसरी गर्नुपर्छ भन्ने पनि उल्लेख नगरिएको प्रतिवेदनमा जनाइएको छ ।

सरकारले काम थाल्दासम्म पनि निर्माणस्थललाई ‘क्लीयर’ गरिएको थिएन । यसकै कारण ठेकदार कम्पनी साइटमा जानासाथै विवाद र अन्योल उत्पन्न भएको थियो । त्यसैले यो आयोजना रुग्ण बन्न पुगेको ठहर कार्यालयको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर