गौतमबुद्ध विमानस्थलको रोकिएको निर्माण कार्य सुरु

३० बैशाख २०७६, सोमबार १९:०४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३० बैशाख । निर्माण कार्य रोकिएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम सुरु हुने भएको छ । ठेकेदार कम्पनीले सरकारले भूक्तानी नगरेको भन्दै आइतबारबाट आयोजनाको काम रोकेको थियो । तर सरकारले राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाई गर्न नहुने भन्दै ७० करोड रुपैयाँ निकासा गरेपछि आयोजनाको बाँकी काम सुरु हुन लागेको हो ।

ठेकेदार कम्पनी नर्थवेस्टले २२ दिन देखी सरकारले भुक्तानी नगरेको बताएको भोलिपल्टै अर्थ मन्त्रालयले ७० करोड रुपैयाँ निकासा गरेको हो । राष्ट्रिय गौरवको आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार अर्थले रकम स्रोतान्तर गरेलगत्तै पर्यटन मन्त्रालयले सोमबार एसियाली विकास बैंकमा पत्र पठाउने छ ।

एडीबीले विमानस्थलका लागि छुट्याएको रकम सकिएपछि अर्थमन्त्रालयले उक्त रकम स्रोतान्तर गरेको हो । अर्थमन्त्रालयसँग ओफिट शीर्षकमा एडीबीले दिएको १ अर्ब ३ करोड रुपैयाँमध्ये ७० करोड स्रोतान्तर गरिएको हो ।

विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले ५९ करोड ४१ लाख रुपैयाँ बजेट दिएको थियो । तर सो दोस्रो चौमासिकमै सकिएपछि आयोजनाले थप रकम माग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री देउवा

काठमाडौँ ।पाँच राजनीतिक दलको गठजोडमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोे सय दिन पूरा भैसकेको छ । मुलुकभित्र जारी राजनीतिक गतिरोधका कारण

आजको प्रमुख समाचार