बिदेशी लगानीमा थ्रेस होल्ड बढाउने सरकारको तयारी

३० बैशाख २०७६, सोमबार १८:५८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३० बैशाख । नेपाल सरकारले हालै मात्र तामझामका साथ लागनी सम्मेलनको आयोजना गर्यो। गत चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा शो केशमा राखिएका ७७ परियोजना मध्ये ३१ का लागि २५ खर्ब रुपैयाँ बराबरको बिदेशी लगानीको प्रतिबद्दता भयो। त्यसमा २६ वटा ‘शोकेश’ मा राखिएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो।

तर लगानी सम्मेलन सम्पन्न भएको झन्डै डेढ महिना बितिसक्दा समेत एक रुपैयाँ पनि बिदेशी लगानी आउन सकेको छैन। ुविदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ु मा प्रयोग गरिएका शब्दले अस्पष्टता र अन्यौलता बढेकाले अहिलेसम्म एक रुपैयाँ पनि बिदेशी लगानी नभित्रिएको उद्योग बिभागका एक अधिकारीले बिजपाटीलाई बताएका छन।

ुविदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ु मा ३७ ठाउँमा तोकिए बमोजिम भन्ने शब्द प्रयोग भएको छ। यी शब्दले आफैं अन्यौल सिर्जना गरेको बिभागको भनाई छ। ऐनलाई स्पष्ट पार्न नियमावली समेत आईनसकेकाले लगानी सम्मेलन यता एक रुपैयाँपनि बिदेशी लगानी नभित्रिएको बिभागले जनाएको छ।

ुविदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ु ले बिदेशी लगानीको लागि ५० लाख थ्रेस होल्ड तोकेको छ। तर अहिले नेपाल सरकारले उक्त थ्रेस होल्ड ५ करोडभन्दा धेरै पुर्याउने तयारी गरेको बिभागका एक अधिकारिको भनाई छ। ुथ्रेस होल्ड कम्तिमा ५ र बढीमा ७ करोड पुर्याउने गरि तयारि अघि बढेको छु स्रोतको भनाई छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१