तेह्रौं सागको लोगो र मस्कट सार्वजनिक

३० बैशाख २०७६, सोमबार १५:२५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३० बैशाख । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालमा एक कार्यक्रमको आयोजना गरी लोगो र मस्कट सार्वजनिक गरिएको हो ।

सागको लोगोमा परेवाको चिन्ह राखिएको छ । उडिरहेको परेवाको पखेटा र देशलाई प्रतिनिधित्व गर्ने हिमालको आकृति लोगोमा समावेश गरिएको छ । लोगो र मस्कट युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशबकुमार बिष्टले संयुक्त रुपमा सार्वजनिक गरे ।

खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका भोलानाथ पौडेलले यसको डिजाइन गरेका हुन् । साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो