अभिव्यक्ति फिर्ता लिन एसडी मुनीलाई राप्रपा नेपालको चेतावनी

१९ श्रावण २०६९, शुक्रबार ०७:४० मा प्रकाशित

काठमाडौं, १९ साउन । भारतीय प्राध्यापक एसडी मुनीले हालै ललितपुरमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै राप्रपा नेपालका विभिन्न भातृ संगठनहरुले बिहिबार उपत्यकामा विरोध प्रदर्शन गरेका छन् । राजा त्रिभुवनले नेपाललाई भारतसमक्ष विलय गराउन चाहन्थे भन्ने भारतीय प्राध्यापक मुनीको हालैको अभिव्यक्ति राष्ट्रियतामाथिको गम्भीर षडयन्त्र भन्दै राप्रपा नेपालका भातृ संगठनहरुले भारतीय दूतावासअगाडि प्रदर्शन गरेका हुन् । सो क्रममा भारतीय राजदूतलाई विरोधपत्र बुझाउने प्रयास गरिए पनि प्रहरीले अवरोध गरी दूतावास प्रवेश गर्न नदिएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय एकताका लागि महत्वपूर्ण भूमिका खेलेका राजा त्रिभुवनलाई देश विलय गराउन खोजेको भन्ने अत्यन्त आरोप लगाएर राष्ट्रियताविरुद्ध गम्भीर षडयन्त्र गर्न खोजिएको उक्त अभिव्यक्ति फिर्ता लिन राप्रपा नेपालले मुनीलाई चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा