काङ्ग्रेसद्धारा तीन नम्बर प्रदेशको संसद अवरुद्ध

३० बैशाख २०७६, सोमबार १४:५३ मा प्रकाशित

हेटौडा, ३० बैशाख । राजधानीको विषय टुंगो नलगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को संसद अवरुद्ध गरेको छ । सरकारले प्रदेशको हिउँदे अधिवेशमै राजधानीको विषय टुंगो लगाउने प्रतिवद्धता जनाएपनि वर्षे अधिवेशन सुरु हुँदासम्म केही नगरेको भन्दै कांग्रेस सांसदहरुले संसद अवरुद्ध पारेका हुन् ।

कृषिमन्त्री दावा दोर्जे लामाले जलचर संरक्षण सम्बन्धि बनेको विधेयक प्रस्तुत गर्न जानेक्रममा कांग्रेसका सांसदले राजधानीको विषय नटुंग्याएसम्म संसद अधिवेशन चल्न नदिने चेतावनी दिँदै संसद अवरुद्ध पारेका हुन् । सोमबार सुरु भएको वर्षे अधिवेशन कांग्रेस सांसदले अवरुद्ध गर्दा स्थगित गरिएको छ ।

सांसदको अवरोधका कारण सोमबार स्थगित भएको बैठक मंगलबार दिउँसो ४ बजे बस्ने सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर