राष्ट्रकविको जन्मगाउँमा ‘माधवप्रसाद घिमिरे पार्क’ बन्दै

३० बैशाख २०७६, सोमबार १४:३३ मा प्रकाशित

लमजुङ, ३० बैशाख । लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ पुस्तुनमा राष्ट्रकविको सम्मानमा ‘माधवप्रसाद घिमिरे पार्क’ निर्माण हुने भएको छ । नेपाली साहित्यमा राष्ट्रकवि घिमिरिले पुर्‍याउनुभएको योगदानको सम्मानमा उनको जन्मथलो पुस्तुनमा पार्क निर्माण गर्न लागिएको हो ।

पार्क निर्माण गर्न गाउँपालिकाले गतवर्षै पाँच लाख रुपैयाँ छुट्याएको थियो । यस वर्ष पनि पाँच लाख रुपैयाँ छुट्याएको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए । उनकाअनुसार, अहिले पार्क निर्माणका लागि जग्गा सम्याउने र पर्खाल लगाउने काम भईरहेको छ । पार्क निर्माणमा स्थानीयले श्रमदान पनि गर्नेछन् । राष्ट्रकविको योगदानको सम्मान र साहित्यिक पर्यटन प्रवर्द्धनका लागि राष्ट्रकविको नाममा पार्क निर्माण गर्न लागिएको हो’, उपाध्यक्ष विकले भने ।

राष्ट्रकवि घिमिरेको १९७६ असोज ७ गते लमजुङको साविक बाहुनडाँडा गाविसको पुस्तुन भन्ने ठाउँमा जन्म भएको हो । राष्ट्रकवि घिमिरेले कवितासँगै गीत, नाटक, खण्डकाव्य पनि लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको