एभिन्युज टेलिभिजनको बीरगञ्ज कार्यालयमा तोडफोड

३० बैशाख २०७६, सोमबार १३:४७ मा प्रकाशित

पर्सा, ३० बैशाख । एभिन्युज टेलिभिजनको पर्सास्थित कार्यालयमा तोडफोड भएको छ ।

एभिन्युज टेलिभिजनको कार्यक्रममा आफ्ना पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पत्रकारले अशिष्ट भाषामा प्रश्न सोधेको र टेलिभिजनको स्टुडियोमा लगेर बेईजत गरेर निकालेको भन्दै समाजवादी पार्टीका विद्यार्थी नेता र कार्यकर्ताले टेलिभिजनको कार्यालयमा तोडफोड गरेका हुन् ।

८र९ जनाको समूहमा आएका समाजवादी पार्टीका कार्यकर्ताले व्यूरो कार्यालयको गेटको शिशा फुटाएको र क्यामेराम्यान जाकिर हुसेनले बोकिरहेको क्यामेरा समेत खोसेर फालिदिएका थिए । अहिले घटनाको अवस्था बुझ्ना पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र एसपी रेवती ढकाल घटनास्थलमा पुगेका छन् । सिडिओ र एसपीले संलग्नलाई पक्राउ गरी कारबाही गरिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका