सांसदलाई दिने पैसा बढाउन विष्णु पौडेलको माग

३० बैशाख २०७६, सोमबार १३:०६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३० बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सांसदहरूका लागि बजेट छुट्याउनुपर्ने माग गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सोमबार सहभागीता जनाउँदै पौडेलले सांसदहरूलाई विकासका काममा सहभागी गराउनुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभामा जारी बैठकमा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले स्पष्ट भाषामा सांसदका लागि बजेट छुट्याउन माग नगरे पनि घुमाउरो पारामा सांसदका लागि बजेट छुट्याउनुपर्ने धारणा राखेका हुन । नेकपाका नेताहरूले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि दिइँदै आएको ४ करोड रकम बढाएर १० करोड पुर्याउनुपर्ने तथा निर्वाचन क्षेत्र विकास कोषको रकम कम्तिमा एक करोड बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

पौडेलले भने, ‘विकास प्रयासमा जनप्रतिनिधिको भूमिकालाई स्थापित गर्न जरुरी छ । विकास र जनप्रतिनिधि एकअर्कासँग आबद्ध हुनुपर्दछ । विकास र जनप्रतिनिधि एकअर्कासँग अन्योन्याश्रित हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्नुपर्छ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।