उत्कृष्ट राष्ट्रिय गौरव आयोजनाको अवार्ड भेरी बबई डाइभर्सनलाई

३० बैशाख २०७६, सोमबार १२:५८ मा प्रकाशित

काठमाडौँ, ३० बैशाख । बहुउद्देश्यीय भेरी बबई डाइभर्सन परियोजनाले उत्कृष्ट राष्ट्रिय गौरवको आयोजनाको अवार्ड प्राप्त गरेको छ । हिमालय टेलिभिजनको आयोजनामा आइतबार काठमाडौंमा गरिएको इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड २०१९ मा भेरी बबई डाइभर्सनको सुरुङ खण्डको निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी पुरस्कृत भएको हो ।

त्यस्तै उत्कृष्ट पब्लिक पर्पस प्रोजेक्टको विजेता मध्यपहाडी लोकमार्ग बनेको छ । यस लोकमार्गको ठाँटीखाँद देखि मंगलसेन खण्डको निर्माण कम्पनी चन्द्र एण्ड बसन्त कन्स्ट्रक्सन प्रालिले अवार्ड पाएको हो ।

बेस्ट पपुलर प्रोजेक्टको अवार्ड बर्दियाको कोठियाघाटमा निर्माण भएको कर्णाली पुलका निर्माण कम्पनी एएनके कन्स्ट्रक्सन कम्पनीले पाएको छ । उत्कृष्ट पुनर्निर्माण आयोजनाको उपाधि मनकामना मन्दिर निर्माणकर्ता मनकामना मन्दिर जिर्णोद्धार समितिले पाएको छ ।

मध्यम खालको निर्माण कम्पनीको अवार्ड कनक आचार्यले पाएका छन् । साना खालको निर्माण कम्पनीको अवार्ड शैलेन्द्र श्रेष्ठले पाएका छन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड ईन्जिनियर शंकरनाथ रिमाललाई प्रदान गरिएको छ ।

पूर्वाधार विकासका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई सम्मान गर्न हिमालय टेलिभिजनको आयोजनामा नेपालमै पहिलोपटक इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड २०१९ आयोजना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

आजको प्रमुख समाचार