सत्यमोहनको सय वर्ष, वर्षभरी जन्म शताब्दी मनाईने

३० बैशाख २०७६, सोमबार १२:४५ मा प्रकाशित

काठमाडौँ, ३० बैशाख । सँस्कृतिविद सत्यमोहन जोशी आजबाट एक सय वर्ष पुगे । उनको सताब्दी उमेर पूरा भएको अवसरमा ललितपुरस्थित निवासमा सोमबार बिहानै विशेष चहलपहल थियो । राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म उनलाई शुभकामना दिन र आशिर्वाद लिन उनको निवास पुगेका थिए ।

सुरुमा उनकी छोरीले रातो टीका लगाइदिइन् । माला र खादा लगाइदिएर सगुन खुवाइन् । त्यसपछि आफन्त र स्थानीय अन्य व्यक्तिहरुले पनि त्यसै गरे । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देश हस्तान्तरण गरियो । सन्देशमार्फत् राष्ट्रपति भण्डारीले जोशीको सुस्वास्थ्य र दीर्घायूको कामना गरेकी छन् ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेकपा नेता कृष्णगोपाल श्रेष्ठ लगायत सहभागी थिए । उनको जन्मोत्सवमा ललितपुर जिल्लामा सार्वजनिक विदा नै दिइएको छ । शताव्दी पुरुषको उपमा पाएका उनलाई ललितपुर उपमहानगरबासीले नगर परिक्रमासहित सोमबार सम्मान गर्दैछन् । उपमहानगरले एक वर्षसम्म बिभिन्न कार्यक्रम गरी जोशीको जन्म शताब्दी मनाउने कार्यक्रम पनि तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागमती ।बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख