प्रेसमैत्री मिडिया विधेयकको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापनपत्र

३० बैशाख २०७६, सोमबार ११:४० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३० बैशाख । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक प्रेसमैत्री हुनुपर्ने माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । सरकारले संसदमा दर्ता गराएको विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै फिर्ता लिन आन्दोलन गरिरहेको महासंघले सोमबार सभामुख महरालाई भेटेर विधेयकलाई प्रेसमैत्री बनाउन पहल गर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलगायतले सभामुख महरालाई भेटेर प्रेसमैत्री विधेयक बनाउन पहल गरिदिन आग्रह गरेका हुन् ।

महासंघको ज्ञापनपत्र बुझ्दै सभामुख महराले प्रेसमैत्री विधेयक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । विधेयक फिर्ता लिन माग गरिराखेको पत्रकार महासंघले सोमबार दिउँसो राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि ज्ञापनपत्र बुझाउने छ ।

महासंघले कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गर्नेलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्