प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

३० बैशाख २०७६, सोमबार १०:३९ मा प्रकाशित

भियतनाम, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते त्यहाँ पुगेका थिए ।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्रीका साथ उनको नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ ।

कम्बोडिया प्रस्था गर्नु अघि प्रधानमन्त्रीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिएकोले यो भ्रमण सफल र सार्थक रहेको बताए ।

त्यस्तै भ्रमणले कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुने, व्यापार विस्तार हुने, नेपाली उत्पादनको निर्यात बढ्ने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले भ्रमणका क्रममा भएका सम्झौताहरु छिट्टै कार्यान्वयनमा आउँने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी