मुद्दा फिर्ता लिने निर्णयप्रति एमालेको आपत्ति, प्रधानमन्त्री समायोजन प्रस्ताव अस्विकार

१ चैत्र २०६८, बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौ, १ चैत नेकपा एमालेले प्रधानमन्त्रीले प्रस्तुत गरेको सेना समायोजन सम्बन्धी प्रस्तावलाई अस्विकार गरेको छ । एमालेको आज बसेको स्थायी समितिको बैठकले गत कार्तिक १५ गते राजनीतिक दलहरुका बीच भएको सात बुँदे सहमती अनुरुप नै समायोजनको कार्य गर्नु पर्ने भन्दै यसले संविधान निर्माण कार्यमा समेत राजनीतिक दलहरुवीच विश्वासको बातावरण बनाउने विश्वास ब्यक्त गरेको छ । उसले नेपाली सेनाको निस्पक्ष, व्यावसायिक र गैरराजनीतिक चरित्र कायम राख्ने सात बुँदे सहमती अनुरुप समायोजनाको काम तदारुकताका साथ अघि बढाउन स्थायी कमिटीको यो बैठक एनेकपा (माओवादी) र प्रधानमन्त्रीसँग पुनः आग्रह गरेको छ । प्रधानमन्त्रीले दलहरुलाई दिएको आश्वासनको विपरीत गत फागनु ३० गते विशेष समितिको बैठकमा प्रधानमन्त्रीले केही समय अघि सार्वजनिक हुँदा व्यापक आलोचना भई नेपाली सेनाले समेत विज्ञप्ति प्रकाशित गरी खण्डन गरिएको प्रस्तावलाई नै प्रारम्भिक प्रस्ताव भन्दै पेश गरेकोमा आश्चर्य ब्यक्त गरेको छ ।

एमालेले शान्ति प्रक्रियालाई यथाशक्य चाँडो निस्कर्षमा पु¥याएर संविधान लेखन कार्यलाई अन्तिम निष्कर्समा पुर्याउन माओवादी सेनाका लडाकुहरुको समायोजन कार्य तत्काल पूरा गरी शिविरहरु खाली गर्न समेत माग गरेको छ ।
मुलुकमा हत्या, अपहरण, डकैती, बलात्कार जस्ता अपराधिक क्रियाकलाप बढ्दै गइरहेको र विभिन्न सशस्त्र समुहका नाममा दिन दहाडै सार्वजनिक स्थलमा बम विस्फोटका घटनाहरु घटिरहेको अवस्थामा दण्डहिनतालाई प्रोत्साहित हुने गरी गरिएको अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति एमालेले खेद ब्यक्त गर्दै अदालतबाट दोषी किटान भएका व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन र गंभीर प्रकृतिका अपराधका घटनाहका अभियुक्तहरुको मुद्दा फिर्ता लिने निर्णय अविलम्ब फिर्ता लिन माग गरेको छ ।
एमालेले हालै राजधानीमा सम्पन्न परिषद बैठक सफलतापूर्वक सम्पन्न भएको र त्यसमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस