नेवि संघको महाधिवेशन आगामी पुसमा

१९ श्रावण २०६९, शुक्रबार ०७:३१ मा प्रकाशित

काठमाडौं, १९ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आगामी पुसको अन्तिम साता हुने भएको छ । नेबि संघको हालै बसेको केन्द्रिय समितिको बैठकले पुस २५, २६ र २७ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन स्थलबारे कुनै निर्णय नगरे पनि बैठकले पोखरा, लहान, बुटवल, झापा र काठमाडौंलाई प्रस्तावित स्थल किटान गरेको छ । नेवि संघका प्रवक्त युपी लामिछानेका अनुसार आगामी बैठकले यीमध्येबाट बैठकस्थलको टुंगो लगाउने छ ।
यस्तै, निजी शैक्षिक संस्थाले विद्यार्थीबाट असुल्ने चर्को शुल्क र विदेशी नामविरुद्ध नेवि संघले थालेको आन्दोलनलाई अझ सशक्त पार्ने निर्णय पनि बैठकले गरेको छ । राजनीतिक गतिरोध अन्त्यको बाधक वर्तमान सरकार भएकोले त्यसविरुद्धको आन्दोलनलाई पनि नेवि संघले संगै अघि बढाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ