वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न कांग्रेसको प्रस्ताव

२९ बैशाख २०७६, आईतवार १२:५६ मा प्रकाशित

काठमाडौँ, २९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ को पूर्व बजेट छलफलमा भाग लिँदै कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने प्रस्ताव कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

‘शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर ६५ वर्षको उमेरलाई वृद्धभत्ता दिने व्यवस्थालाई यो सरकारले पूर्वाग्रहको आधारमा हटाएको छ । ५२ जिल्लामा औसत आयु ६५ वर्षभन्दा कम छ । नेपाली जनताको हितलाई केन्द्रमा राखिएको कार्यक्रमलाई राखियोस्, पूर्वाग्रहको दण्ड नचलाइयोस् भनेर आग्रह गर्न चाहन्छु,’ कार्कीले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३