कक्षा एघारको परीक्षामा पाँच लाख विद्यार्थी सहभागी

२९ बैशाख २०७६, आईतवार १२:४९ मा प्रकाशित

काठमाडौँ, २९ बैशाख । कक्षा एघारको परीक्षा आइतबारदेखि सुरु भएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु हुने परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी भएका छन् । आइतबारबाट सञ्चालित परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको छ । परीक्षा जेठ आठ गते सम्पन्न हुनेछ ।

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्नपत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा उक्त त्रुटि नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्र सुरक्षाका लागि सिसिक्यामेरा जडान गरेको छ । वैशाख १४ गतेदेखि सञ्चालन गरिएको कक्षा १२ को परीक्षा भने वैशाख २६ गते सम्पन्न भएको छ । परीक्षामा ४ लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका