नेपाल–भियतनाम सातामा १४ उडान, गौतमबुद्ध विमानस्थलको जिम्मा विदेशी कम्पनीलाई

२९ बैशाख २०७६, आईतवार ११:०० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २९ बैशाख । नेपाल–भियतनाम सातामा १४ हवाई उडान हुने भएको छ । सरकारले भियतनामलाई हप्तामा १४ उडान गर्न दिने भएको हो । सरकारले मापदण्डमा रहेर भियतनामले नेपालमा सिधा हवाई उडान गर्न चाहे सातामा १४ उडान गर्न दिने भएको हो ।

भियतनाम र नेपालबीच हवाई उडानका विषयमा पहिले नै प्रारम्भिक सम्झौता भएको र हाल प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेकाले प्रधानमन्त्रीको यो भ्रमणले पहिले भएको हवाई उडान सम्झौतालई पूर्णता दिने सम्भावना रहेको सरकारले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भियतनामबाट सिधा उडान हुने गरी सम्झौता हुन लागेको छ ।

मन्त्रालयका कार्यबाहक सचिव सुरेश आचार्यले भियतनामबाट काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नभई निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडानका लागि सम्झौता हुनेछ । आवश्यकताका आधारमा विमान अवतरण हुने तर काठमाडौँमा थप हवाई चाप पर्न नदिन यसो गर्न लागिएको उनको भनाई छ ।

सरकारले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा पनि विदेशी कम्पनीलाई दिने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको विमानस्थल विदेशी कम्पनीले नै सञ्चालन गर्ने भएका छन् । यसअघि जर्मनी र जापानले उक्त विमानस्थल सञ्चालनको आकांक्षा देखाएका थिए ।

यसअघि अर्थ मन्त्रालयले विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले सञ्चालन गर्ने वा प्रतिस्पर्धाबाट विदेशी ल्याएर विमानस्थल सञ्चालन गर्न सक्ने विकल्प प्रस्तुत गरेको थियो । अर्थले दिएको दुई विकल्पमध्ये नागरिक उड्ययन मन्त्रालयले भने विदेशी कम्पनी ल्याएर सञ्चालन गर्न दिने तयारी थालेको छ । स्वर्गीय पर्यटनमन्त्री रबीन्द्र अधिकारीले पनि प्राधिकरणले अहिलेकै अवस्थामा विमानस्थल सञ्चालन गरेर नाफामा लैजान नसक्ने भन्दै प्रतिस्पर्धाबाट विदेशी कम्पनी ल्याउने संकेत गरेका थिए ।

अहिले सरकारले पनि विमानस्थल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी अगाडी बढाएको छ । मन्त्रालयका कार्यबाहक सचिव आचार्यका अनुसार विमानस्थलको अनुगमनको सम्पूर्ण काम सरकारले नै गर्ने तर ब्यवस्थापनको जिम्मा भने विदेशी कम्पनीलाई दिने तयारी सुरु भएको छ ।

विदेशी कम्पनीलाई गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा दिन मत्रिपरिषद्मा फाईल पुगेको र हाल सम्म स्वीकृत भएर नआएको आचार्यले जानकारी दिए । उक्त फाईल स्वीकृत भएर आएपछि ग्लोबल टेण्डर आह्वान गर्ने मन्त्रालयको तयारी रहेको छ । अन्तराष्ट्रिय अभ्यास अनुसार नै विमानस्थल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिन लागिएको सरकारको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत