एमाओवादीले बनायो जम्बो आयोजक समिति

१९ श्रावण २०६९, शुक्रबार ०७:२५ मा प्रकाशित


काठमाडौं, १९ साउन । एकीकृत माओवादीले महाधिवेशन आयोजक समितिमा रहने सदस्यहरुको संख्य बढाएर २ सय ५१ पुर्याएको छ । यसअघि बुधबार बसेको बैठकले आयोजक समिति १ सय ७५ बनाउने टुंगो लगाए पनि सदस्यमा रहनेहरुको नामावली लामो भएपछि बढाएर २ सय ५१ पुर्याएको हो । यो बिस्तारसंगै वैद्य समूह अलग भएपछि बांकी रहेको केन्द्रीय समितिमा १ सय ४७ नयां सदस्य थपिएका छन् । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको आयोजक समितिको बैठकले २ सय ३१ ज्नाको नामा टुंगो लगाएको हो । बांकी २० जनाको नाम भने शनिबार बस्ने बैठकले टुंगो लगाउने बताइएको छ ।
तर, जतिसुकै ठूलो आयोजक समिति बनाए पनि दुई दशकभन्दा बढी समय महाधिवेशन नगरी प्रचण्डकै नेतृत्वमा गुजारेको माओवादीको महाधिवेशन आगामी माघमा पनि हुनेमा भने धेरैले आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा