संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा दुलाल

२९ बैशाख २०७६, आईतवार ०७:३६ मा प्रकाशित

काठमाडौँ, २९ बैशाख । ‘संबैधानिक तथा न्यायिक पत्रकार मञ्च’मा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको अधिवेशनले दुर्गा दुलालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

त्यस्तै मन्चको उपाध्यक्षमा कालिका खड्का, महासचिव भाषा शर्मा, सचिव दीपक खरेल र कोषाध्यक्षमा निराजन पौडेल चयन भएका छन । अध्यक्ष दुलाल नेपाल लाइभका चिफ रिपोर्टर हुन ।

उपाध्यक्ष खड्का राष्ट्रिय समाचार समिति, महासचिव शर्मा नागरिक दैनिक, सचिव खरेल नेपाल खबर र कोषाध्यक्ष पौडेल राजधानी दैनिकमा कार्यरत छन् । त्यस्तै कार्य समिति सदस्यमा दीपक आचार्य र शरद ओझा चयन भएका छन । कानुन तथा अदालतको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको साझा संस्था दश बर्ष अघि स्थापना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार