भूमध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुङ्गा दुर्घटना हुदाँ ६५ जनाको मृत्यु

२८ बैशाख २०७६, शनिबार २३:३६ मा प्रकाशित

ट्युुनिस, २८ वैशाख । भूमध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुङ्गा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ ।

घटनास्थलबाट अन्य १६ जनालाई भने जिवितै उद्धार गरिएको पनि नियोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

दुर्घटना भएको डुङ्गामा झण्डै ७० जना शरणार्थी र आप्रवासीहरुले यात्रा गरेका थिए । उनीहरु लिबियाबाट आउदै थिए ।

अत्यन्त धेरै दुर्घटना हुने मार्गको रुपमा रहेको सो डुङ्गा मार्गमा गत बर्ष हरेक पटक औसतमा १४ जनाको मृत्यु हुने गरेको शरणार्थी नियोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९