‘विदेशी प्रभावका कारण बनेन संविधान’ ः एमालेले स्वेतपत्र जारी गर्ने

१८ श्रावण २०६९, बिहीबार २३:०४ मा प्रकाशित


काठमाडौं, १८ साउन । एमाले पूर्वसभासदहरुले बाह्य शक्तिका कारण संविधानसभाले संविधान बनाउन नसकेको आरोप लगाएका छन् । संविधान निर्माणमा थेग्नै नसक्ने गरी बाह्य हस्तक्षेप भएको उनीहरुको भनाई थियो । संविवधानसभा असफल हुनुका विभिन्न पक्षलाई समेटेर एमालेले तयार पार्न लागेको स्वेतपत्रका लागि बिहिबार पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा पूर्वसभासदहरुले संविधान बन्न नदिन बाह्य शक्तिले माओवादीलाई उपयोग गरेको दाबी गरे । संविधानसभामा एकीकृत माओवादी ठूलो पार्टी भएपनि वैचारिक सून्यताका कारण विदेशी शक्तिको चंगुलमा फसेको उनीहरुको आरोप थियो ।
पार्टीहरुबीचको ध्रुवीकरणका कारण संविधानसभा निस्प्रभावी हुन पुगेको बताउंदै उनीहरुले सहमतिको बिन्दु स्पष्ट हुन नसक्नु संविधानसभा विघटन हुनुको मूख्य कारण रहेको दाबी गरे । एमाओवादीको गलत निर्णयकै कारण संविधानसभा विघटन भएको सबैजसो एमाले पूर्वसभासदहरुको ठहर थियो । छलफलमा पूर्वसभासदहरुले राज्यमा दलहरुले सन्तुलन कायम गर्न नसकेकाले समस्या बल्झिएको बताएका छन् ।
केन्द्रीय कमिटीको निर्णयअनुसार सचिव शंकर पोखरेलको संयोजकत्वमा गठित कार्यदलले स्वेतपत्र बनाउन बिहिबारबाटै काम सुरु गरेको छ । १५ सदस्यीय सो कार्यदलले संक्षिप्त र विस्तृत गरी दुईवटा स्वेतपत्र तयार पार्ने एमाले नेतहरुले बताएका छन् । एक महिनाभित्र सार्वजनिक गरिने स्वेतपत्रमा संविधानसभा विघटनको कारण, दलहरुको भूमिका र पार्टीका कमी–कमजोरी लगायतका विषय समेटिने छन् भने विस्तृत स्वेतपत्रमा संविधानसभाको अन्तर्राष्ट्रिय अनुभव, तिनीहरुको प्रभाव, विभिन्न दलका घोषणापत्रका कुरा तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको प्रभावलगायतका विषयहरु समेटिने एमालेले जनाएको छ । विस्तृत स्वेतपत्रचाहिं तीन महिनाभित्र तयार पार्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्