प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुग्योः नेता सिंह

२८ बैशाख २०७६, शनिबार १५:०० मा प्रकाशित

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् । नेता सिंहले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रस्तुत गरेका गतिविधिले संसदीय मर्यादामा आँच पुगेको बताए ।

शनिबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले वर्तमान सरकारले काम केही नगरी समृद्धिको नारा घन्काएको भन्दै आलोचना गरे । नेता सिंहले नेकपा नेतृत्वको सरकार आफैँ संघीयता असफल बनाउन लागि परेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ