भारतले नेपाललाई रेलका डिब्बा दिने

२८ बैशाख २०७६, शनिबार १२:३४ मा प्रकाशित

काठमाडौँ, २८ बैशाख । भारतले नेपाललाई रेलका डिब्बा दिने भएको छ । शुक्रबार नेपालको रेलवे र भारतीय कम्पनीबीच भएको सम्झौता अनुसार भारतले नेपाललाई रेलका दुई डिब्बा दिने भएको हो ।

सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीको उपस्थितिमा कोंकोण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

भारतले १६०० हर्षपावरका दुई वटा रेलका डिब्बा दिने भएको हो । यी डिब्बा नेपालको कुर्था र भारतको जयनगरबीच चल्नेछन् । जसमा एक ड्राइभिङ पावर कार, तीन ड्राइभिङ टेलर कार (एउटा एयर कन्डिसनयुक्त) र आधुनिक प्रविधियुक्त रहने छन् ।

यो डिब्बाको सेट तमिलनाडुको चेन्नाईस्थित इन्ट्रिग्रेटेड कोच फ्याक्ट्रीमा निर्माण हुनेछन् । नेपाल–भारत विकास साझेदारीअनुसार भारतीय वित्तीय अनुदानमा ३४ किलोमिटर लामो जयनगर–कुर्था रेलवे निर्माण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार