इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा दोब्बरले वृद्धि

१८ श्रावण २०६९, बिहीबार १८:५४ मा प्रकाशित

कञ्चनपुर, १८ साउन । कञ्चनपुरमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । नेपाल टेलिकम शाखा कार्यालय भीमदत्तनगरका अनुसार गत वर्ष इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एघार हजारको हाराहारीमा रहेकामा हाल बढेर २२ हजार ६६७ पुगेको छ ।

मोबाइल प्रयोगकर्ताको सङ्ख्यामा भइरहेको बढोत्तरीसँगै इन्टरनेट प्रयोगकर्ता थपिँदै गएको नेपाल टेलिकम शाखा कार्यालय भीमदत्तनगरका सहायक इन्जिनियर तेजनारायण शर्माले बताउनुभयो । तारसहितको टेलिफोन सेवा विस्तार भएका क्षेत्रहरूमा एडिएसएल प्रविधिमा आधारित इन्टरनेट सेवा प्रयोगकर्ताहरूको सङ्ख्या अधिक रहेको सहायक इन्जिनियर शर्माले बताउनुभयो । यी दुवै इन्टरनेट सेवा नभएका क्षेत्रमा सिडिएमए प्रविधिबाट इन्टरनेट चलाइने गरिएको छ ।
कञ्चनपुरका १९ वटै गाविस र भीमदत्तनगरपालिका क्षेत्रका सम्पूर्ण क्षेत्रमा इन्टरनेट सेवाको पहँुच पुगेको सहायक इन्जिनियर शर्माले बताउनुभयो । नेपाल टेलिकम शाखाको तथ्याङ्कअनुसार एडिएसएल प्रविधिमा आधारित इन्टरनेट सेवा प्रयोगकर्ताको सङ्ख्या ६६७, जिपिआरएस प्रविधिमा आधारित इन्टरनेट प्रयोगकर्ता २० हजार र  सिडिएमए प्रविधिमा आधारित इन्टरनेटका प्रयोगकर्ता दुई हजार पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा