अमेरिकी विदेशमन्त्रीले रुसी राष्ट्रपतिलाई भेट्ने

२७ बैशाख २०७६, शुक्रबार २२:३७ मा प्रकाशित

वासिङटन, २७ वैशाख (एएफपी)। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुुहुने भएको छ ।

उहाँहरुबीच अर्को हप्ता रुसमै भेटवार्ता हुने तय भएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

अमेरिकी उच्च कुटनीतिक अधिकारी र रुसी राष्ट्रपतिबीच सोचीमा रहेको ब्ल्याक सी रिसोर्टमा आउँदो मङ्गलबार भेटवार्ता हुने तय भएको हो ।

पुटिन र पोम्पेओले पूर्णरूपमा दुई पक्षीय हित र बहुपक्षीय चुनौतीका बारेमा छलफल गर्नुहुने अधिकारीहरूको भनाई छ ।

अमेरिका र रुसबीच भेनेजुएला लगायतका विश्वव्यापी धेरै विषयमा ठूलो मतान्तर भएपनि उहाँहरुले विवादित विषयमा भन्दा दुई पक्षीय हितका बारेमा कुराकानी गर्न लाग्नुभएको हो ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले सत्ता छाड्नु पर्ने तर्क गरेको छ भने रुसले मदुरोले सत्ता छाड्नु नपर्ने पक्षमा साथ दिएको छ ।

रुस भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री पम्पेओले रुसी समकक्षी सेर्गेइ लाभरोभसँग पनि भेटवार्ता गर्नुहुने भएको छ ।

रुसका उप विदेश मन्त्री इगोर मोर्गुलोभले दिएको जानकारी अनुसार उहाँहरूबीच यही मे १४ तारिखका दिन भेटवार्ता हुन लागेको हो ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि टेलिफोन कुराकानी भएको थियो ।

उहाँहरुले उत्तर कोरियाको पछिल्लो भूमिकाका बारेमा चिन्ता र आशंका व्यक्त गर्नु भएको थियो । पुटिन र ट्रम्पको कुराकानीकै आधारमा पम्पेओले रुसको भ्रमण गर्न लाग्नु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको